५ कार्तिक २०८१, सोमबार
कोहलपुर उद्योग बाणिज्य संघमा लोकतान्त्रीक समुहको बर्चस्व

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०८१, आईतवार ०९:३०

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक व्यवसायी समुह विजयी भएको छ । निर्वाचनको अन्तिम मत परिणाम अनुसार प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रीक समुहका उम्मेदवार विजयी भएका छन । यहि कात्तिक ३ गते भएको निर्वाचनमा काँग्रेस नेतृत्वको व्यवसायी समूह र एमाले नेतृत्वको प्रगतिशील व्यवसायी समुह बिच प्रतिस्प्रर्धा भएको थियो । निर्वाचनमा ७९५ मत ल्याएर अध्यक्ष पदमा प्रदिप भट्टराई निर्वाचित भएका छन । उनका निकटतम प्रति द्वन्दी अन्जना धितालले ६४६ मत प्राप्त गरेकी छन ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रीक समुहका चण्डीप्रसाद गैरे ७८४ मतका साथ बिजयी भएका छन । वस्तुगत उपाध्यक्षमा राकेश विष्ट (८४९), महासचिवमा दिपक भण्डारी (८३५), उपमहासचिवमा राज कुमार पौडेल (७६५) र कोषाध्यक्षमा भुमिराज कँडेल (७४८) विजयी भएका छन ।
उद्योग तर्फको उपाध्यक्षमा भने प्रगतिशील समुहका अर्जुन सुवेदी विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १ मत अन्तरले पराजित गर्दै सुवेदिले रोचक जित हासिल गरेका हुन । सुवेदि ले ७१६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ७१५ मत प्राप्त गरेका छन ।
त्यसैगरी सहकोषाध्यक्षमा समेत प्रगतिशील समुहका टंकप्रसाद खनालले ७७६ मत ल्याएर विजयी भएका छन । सदस्यतर्फ लोकतान्त्रीक समुहबाट सदस्यमा अमृत प्रसाद पौडेल , अशोक गौडेल , किरन कुमार वि क , किरण प्रसाद श्रेष्ठ , गिरीधारी शर्मा सुवेदी , गौरव श्रेष्ठ ,नोखराज रावत , श्रीधर घिमिरे विजयी भएका छन । भने एशोसिएट तर्फ समेत लोकतान्त्रीक समुहका राजेन्द्र प्रसाद रिजाल विजयी भएको घोषणा प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाहलेजा नकारी गराएका छन।११ र प्रगतिशिल समुहका दुई जना बिजयी भएका छन । महिला सदस्यमा लोकतान्त्रिक समुहकी ममता थापा , सिता योगी अधिकारी विजयी भएका छन। त्यसै गरी खुल्ला सदस्यमा प्रगतिशिल व्यवसायी समुहका अंकीत सिग्देल , ढक बहादुर थारु विजयी भएका छन।
शनिबार सम्पन्न भएको मतदानमा १४ सय ९५ मत खसेको थियो । १६८६ कुल मतदाता रहेकामा झण्डै ९० प्रति शत मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए ।

 

 

Nabintech