५ कार्तिक २०८१, सोमबार
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा पानी परेयो

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०८१, सोमबार ०८:२४

कोहलपुर  : काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा ३० दशमलव २ मिलिमिटर पानी परेको छ ।

बर्दिया, गुल्मी, स्याङ्जा, कास्की, लमजुङ, गोरखा, नवलपरासी, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सङ्खुवासभा, इलामलगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि लुम्बिनी प्रदेशलगायत पहाडी भेगका केही ठाउँमा पानी पर्नेछ । केही दिनयता मौसम बदली भएसँगै देशभरि चिसो बढ्न थालेको छ । बितेका चार/पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

Nabintech