६ कार्तिक २०८१, मंगलवार
केआइइसी कन्सल्टेन्सीले अब नेपालगन्जबाट सेवा दिदैँ

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८१, मंगलवार ०७:१५

नेपालगन्जमा केआइईसी कन्सल्टेन्सीको शुरुवात भएको छ । सोमबार नेपालगन्जको धम्बोजीमा सो कन्सल्टेन्सीको शुभारम्भ भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कन्सल्टेन्सीको उद्घाटन भएको हो । कोहलपुर र नेपालगन्जका चार जना यूवाहरुको सक्रियतामा कन्सल्टेन्सीको सुरुवात गरेका हुन । शुरेस बुढाथोकी, सतिस के.सी., सुवास थापा र बिक्रम चौधरीले केआइईसी कन्सल्टेन्सकिो शाखा संचालनमा ल्याएका हुन ।
पश्चिम नेपाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केहि जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी काठमाण्डौँबाट दिने सुबिधा सहित नेपालगन्जमा उक्त कन्सल्टेन्सीको शुभारम्भ भएको केआइईसी नेपालगन्जका निर्देशक सुबास थापाले जानकारी दिए । उनले भने अब नेपालगन्जमाबाट अमेरीका, यूके, न्यूजिल्यान्ड, अस्ट्रेलिया र क्यानडा लगाएतका देशमा जान इच्छुक व्यक्तिहरुले काठमाण्डौँबाट हुने सबै काम आफुहरुले यहिबाट काम गर्न सकिने भएको हुदा सहज र सरल तरिकाले हुने भएकाले पनि यहाँबाट सबै प्रक्रिया गरिने भएको हुदा बिवद्यार्थीहरुलाई घरपाएक होस भन्ने हेतुले नेपालगन्जमा यसको स्थापना गरिएको थापाले जानकारी दिए ।
यस्तै सुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य मिना श्रेष्ठले नेपालगन्ज पछिल्लो समय शैक्षिक हब मात्र नभई बैदेशिक रोजगारीमा जानका लागि सहज गर्ने उदेश्यले धेरै कन्सलटेज्सीहरुको स्थापना भईरहेको अबस्थामा यसले पनि विद्यार्थीलाई सहजीकरण र राम्रो परामर्शका साथ बैदेशिक रोजगारी वा उच्च शिक्षा अध्ययनकालागि राम्रो वातावरणको सिर्जना गर्ने अपेक्षा रहेको बताउनु भयो । पछिल्लो समय नेपालमा धेरै विद्यार्थीहरु उच्च शिक्षाकालागि जाने चासो वा लहर चलेको हुदा राम्रो र गुणस्तरीय सेवा केआइईसीले दिने र यसको टिम राम्रो भएको हुदाँ पनि विद्यार्थीलाई अझै सहज हुने अपेक्षा रहेको बताउनु भयो ।
यो कन्सल्टेनसीको पश्चिम क्षेत्रमा पहलो शाखाको रुपमा स्थापना भएको हो । विगत १९ वर्षदेखि काठमाण्डौँ लगाएतका शहरबाट सेवा दिदैँ आएको यसले अब यस क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै स्थापना गरिएको प्रमुख कार्यकारी निर्देशक राजेन्द्रप्रसाद रिजालले बताए । यसको नेपालमा मात्र नभई विदेशमा पनि शाखा रोखेको हुदा पनि अन्य कन्सल्टेन्सी भन्दा राम्रो भएको जिकरि गरे ।

Nabintech