७ कार्तिक २०८१, बुधबार
लुम्बिनीमा थपिए ३ मन्त्री, लोसपा र नाउपा कसलाई लैजाने निर्णय नहुँदा अझै अपूर्ण

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०८१, बुधबार २०:१६

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थपेका छन् । तर, सरकारमा सहभागी बनाउने साना दलमध्ये लोसपा र नागरिक उन्मुक्ति कसलाई समेट्ने भन्ने विषयमा सत्तारूण नेपाली कांग्रेसले निर्णय दिन नसक्दा एक मन्त्री चयन अन्तिम समयमा रोकिएको छ ।

साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री बनाएको मुख्यमन्त्री सचिवालय स्रोतले नेपाल प्रेसलाई जनाएको छ ।

तिमिल्सिनाले सामाजिक, कलबारले बन र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । बिहीबार शपथका लागि तयारी गरिएपनि सरकारले यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

Nabintech