९ पुष २०८१, मंगलवार
पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०८१, बिहीबार ०८:१३

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोशी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशीलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति, कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Nabintech