९ कार्तिक २०८१, शुक्रबार
कञ्चनपुरमा दम्पतीको हत्या

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०८१, शुक्रबार ११:१२

कैलाली – कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए।

धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको उनले बताए । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पुग्दै छ । लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए । उनका अनुसार श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Nabintech