काठमाडौं – सत्तागठबन्धन दलका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गरेका छन् । बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकले ७ बुँदे संयुक्त वक्तव् जारी गर्दै अहिलेसम्मका कामको समर्थन र आगामी दिनमा प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
कांग्रेस(एमालेबीचको सात बुँदे सहमतिको जगमा सरकार बनेपछि मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको गठबन्धनको निष्कर्ष छ । सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण सार्वजनिक गरेका छन् ।