काठमाडौं – बाराको सदरमुकाम कलैयामा रहेको यातायात ब्यवस्था कार्यालयले पैसाको चलखेल गरेर धमाधम सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ । यातायात ब्यवस्था कार्यालय कलैया, बाराले उक्त सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको हो । प्राप्त गरेको उक्त जानकारी अनुसार, पैसाको चलखेल गरेर ५८९ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको स्रोतले बताएको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि जम्मा ६६० जनाले लिखित परीक्षा दिएका थिए । तर, लिखित परीक्षामा फेल भएका समेतलाई पैसाको चलखेल गरेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको हो । तर, खास कुरा के भने त्यहाँका राजनीतिक दलका केही नेता तथा बिचौलियाहरूले पैसाको चलखेल गरेर प्रहरी प्रशासन, ट्राफिक प्रहरी, पत्रकार आदीलाई पैसाको लोभ देखाउँदै यातायात ब्यवस्था कार्यालय कलैया बाराका केही हाकिमहरू मिलेर यस्तो घिनलाग्दो हर्कत गरेका छन् ।
एउटा लाइसेन्सको मूल्य प्रतिव्यक्तिबाट रु. १५ हजार देखि ३० हजारसम्म उठाउने गरेको स्रोतको दावी छ ।
यस्तो छ एउटा लाइसेन्सको मूल्य
(कार जीपको रू. २० हजार, अटोरिक्सा रू. १५ हजार, बाइक स्कूटर रू. १५ हजार देखि ३० हजारसम्म)
आज म बाहिर छु, भोली नै यातायात ब्यवस्था कार्यालय कलैया, बाराका हाकिम अरबिन्द कुमार यादवसंग भेट गरेर खास कुरा के हो बुझेर खबर गर्ने उक्त कार्यमा संग्लन रहेका जो कोहीलाई पनि कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय, वाराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी छविरमण भट्टराईले टेलीफोनमा कुरा गर्दै यस्तो भने ।
यस बिषयमा सम्बन्धित निकायलाई जानकारी भए पनि पैसाको लोभले कानमा तेल हालेर मौन बसेको छ ।