११ कार्तिक २०८१, आईतवार
महिला साफमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०८१, आईतवार ०८:४९

साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ। दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ।  महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो।  अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १(० गोलले पराजित गरेको थियो।  त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो।
यद्यपि यसपालि अनुभवी खेलाडी र घरेलु मैदानको लाभ नेपालले लिन सक्छ।  नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो। समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । गोलअन्तरले नेपाल समूह बिजेता र भुटान उपविजेता बनेको थियो।साविक विजेता बंगलादेश समूह बी को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

Nabintech