७ मंसिर २०८१, शुक्रबार
जापानको सत्तारुढ दलले बहुमत गुमायो

  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८१, सोमबार ०७:५२

काठमाडौँ – जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० ले आगामी आम चुनावमा बहुमत गुमाएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार ले आइतबार यो जानकारी दिएको हो ।

त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ । रिपोर्टका अनुसार कथित आर्थिक घोटालालाई लिएर मतदाताहरू बीच असन्तुष्टिको असर निर्वाचन परिणाममा परेको छ ।

अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए । २००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो ।

निर्वाचनको परिणामपछि अब जापानको सरकार कसले बनाउछ भन्ने अझै स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ ।

Nabintech