७ मंसिर २०८१, शुक्रबार
पत्रकार आचारसंहिताको पालना गर्न कोहलपुरका पत्रकारहरुको आग्रह

  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८१, सोमबार १२:४४

केहिदिन यता कोहलपुर क्षेत्रमा सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै भएका टिकाटिप्पणी प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पत्रकार आचारसंहिताको न्यूनतम पालना समेत नगरी रिर्पोटिङका नाममा हुलहुज्जत गरी डर त्रास फैलाउने गरिएका उत्सृंखल गतिविधि पत्रकार आचारसंहिताभित्र नपर्ने कुरा सम्वन्धित सवैलाई जानकारी गराउन चहान्छौं । मिडियाकर्म आमनागरिकलाई भयभित वनाउने कर्म होईन, तसर्थ कसैको मान हानि गर्ने र असम्वन्धित पक्षलाई जोडेर वदनाम गर्ने कार्य गर्नु हुदैन भन्ने कुरामा हामी पूर्णरुपमा सचेत छौं । पत्रकार वा सञ्चार माध्यमले सुचना वा जानकारी संकलन, संप्रेषण सभ्य र सिष्ट तवरले गर्नुपर्ने सत्य तथ्य र सन्तुलित हुनुपर्ने महिला बालबालिकाको हकमा संवेदनशिल हुनुपर्ने पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख विषय हुन । पत्रकारको पेशागत मर्यादामा आँच नपुग्ने गरी पत्रकार आचारसंहिताको पूर्ण भएका पालना गरी सञ्चार कर्म गर्न सवैमा अपिल गर्दछौं । सामाजिक सञ्जालमा आएका विषयलाई लिएर पत्रकारिता क्षेत्र र पत्रकारहरुप्रति नकारात्मक टिकाटिप्पणी नगरिदिनहुन समेत हार्दिक अपिल गर्दछौं ।
पछिल्ला केही दिन यता साहारा टिभि एचडी नामक फेसवुक पेजमा आएका सामाग्रीका विषयमा समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर गरिएका टिकाटिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । साहारा टिभी एचडी केवल सामाजिक सञ्जालमात्रै भएकाले यसैमा प्रकाशित सामाग्रीलाई कोहलपुरको आमपत्रकार र पत्रकारितासँग जोडेर नबुझीदिनुहुन पनि सम्पूणलाई अनुरोध गर्दछौं  ।  साहारा टिभीमा प्रकाशित गतिविधि र सामाग्रीप्रति समग्र आमसञ्चार क्षेत्रले दायित्ववोध नगर्ने, सोहि अनुसारको कानुन आकर्षित हुने र स्वयम जिम्मेवार तथा भागिदार हुनेमा निःसन्देह रहेको आग्रह गर्दछौं ।
अन्तमाः कोहलपुरको व्यवसायिक पत्रकारिताका सवालमा हामी प्रतिवद्ध रहेको स्मरण गराउन चाहान्छौँ ।

Nabintech