८ मंसिर २०८१, शनिबार
कोहलपुरमा बन्दै गरेको शबदाह निर्माणका विषयमा स्थानीय बिभाजित, स्थानीय सरकार भन्छ सबैलाई मिलाएर लैजान्छौँ

  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८१, सोमबार २०:२४

बाँकेको कोहलपुरमा निर्माण गर्न लागिएको शवदाह गृहको निर्माण कार्य रोक्न केहि स्थानियहरूले कोहलपुर नगर प्रमुक्ज सङ माग गरेका छन ।
सोमबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउदै शबदाह निर्माण गर्दा स्थानीयहरु त्रसित हुने र बाताबरणिय प्रतिकुलतालाई मध्यनजर नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

उनीहरुले शबदाह निर्माण गर्दा समाजमा रहेका बालबालिकामा नकारात्मक असर पर्नुका साथै अन्तराष्ट्रिय क्रिकेट मैदनमा खेल्ने खेलाडीहरुलाई पनि असर गर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सुरुवाती चरणमा आफुहरुले स्थानीयहरुसंग समन्वय गर्न नसक्नु कमजोरी भएको भन्दै गल्ती स्वीकारेका थिए ।
समाजमा र बस्ती नै जोखिम हुने वा धुवाले असर गर्ने भन्ने छ त्यस्तो नभई मेसिनबाट शबको अन्त्यष्टि गरिने भएको हुदा त्यस्तो समस्या नहुने नगर प्रमुख आचार्यले बताए।
यस्तै शबदाह गृहहरु पछिल्लो समय नेपालका बिभिन्न शहरहरुमा जडान भएको हुदा वरिपरी रहेको समाजलाई हानी नोक्सानी नहुने समेत उनले बताए। शब लैजान केहि समस्या भने छन त्यसको समाधानकालागि सडक सञ्जाललाई डुडुवाको किनारबाट लैजान सकिने योजना रहेको भन्दै आगामी दिनहरुमा सबै भय त्रासलाई समाधान गर्दै लैजानको लागि आफुहरु तयार रहेको बताए ।
यस्तै ज्ञापन पत्र बुझ्ने कार्यक्रममा अर्को पक्ष भने सोही ठाउँमा शबदाह निर्माण गर्दा आफुहरुलाई कुनै समस्या नभएको र शबदाह निर्माण गर्नका लागि नगरपालिकाको निर्णय मान्न आफुहरु तयार रहेको बताउदै सोही ठाउँमा निर्माण गर्न पालिकालाई आग्रह समेत गरेका थिए ।

उनीहरुले कोहलपुरबासि का लागि अगैया निकै टाढा भएको हुदा र पहिला पनि स्थानीयहरुलाई सो ठाउँमा शाबलाई जलाउने र गाड्ने काम भएको हुदा आफुहरुलाई कुनै समस्या नभएको भन्दै समयमानै निर्माण गरि काम सम्पन्न गर्न मेयर पूर्ण प्रसाद आचार्यलाई आग्रह समेत गरेका थिए ।

Nabintech