काठमाडौं- भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव डा। वैकुण्ठ अर्याल र एक कम्पनीसहित १० प्रतिवादीले सफाइ पाएका छन् । अन्य २ जनालाई दोषी ठहर गरिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार मुख्य सचिव अर्यालसहितलाई सफाइ दिएको हो । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर भएका हुन् । गत कात्तिक ५ गते देखि निरन्तर हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको उक्त मुद्दामा बुधवार फैसला भएको हो ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ व्यक्ति र १ कम्पनीसहित १२ प्रतिवालीविरुद्ध दायर गरेको मुद्दामा २ जना मात्रै दोषी ठहर भएका हुन् । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि सफाइ दिइएको छ ।
यस्तो छ विशेषको फैसला :