७ मंसिर २०८१, शुक्रबार
नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८१, बुधबार २०:४६

काठमाडौं – नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् । बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।  खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक-एक प्रहार बारमा लागेको थियो ।

पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको छ ।

गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् ।  अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् ।

१९ औं मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्कँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए । ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।  त्यसको चार मिनेटपछि नै अमिसा कार्कीले नेपालको लागि बराी गोल फर्काईन् ।

त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।

 

६७ औं मिनेटमा नेपाली गोलकिपर एन्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो । तर ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गदै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।  उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरेपनि असफल भइन् ।  ऋतुले गोल गर्दै दशरथ रंगशालमा उस्थित १५ हजार धन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो ।

त्यसपछि नेपाली दर्शकले लगातार नेपाल नेपाफ’ भनेर हुटिङ गरिरहेका थिए । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहेपनि सफल हुन सकेन । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन ।  यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

Nabintech