७ मंसिर २०८१, शुक्रबार
‘द हङकङ सिक्सेस’ : नेपालले अष्ट्रेलियालाई हरायो

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०८१, शनिबार ०८:२०

काठमाडौं –  ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाए । विवेक यादव र रसिद खानले समान १२(१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए ।  बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए ।

Nabintech