७ मंसिर २०८१, शुक्रबार
चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत हुन्छ :प्रचण्ड

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०८१, शनिबार ०८:३५

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका बताएका छन् ।  दिपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा आज शुभकामना दिँदै विविधितायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरुको मौलिक पहिचानका रुपमा रहेको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रुपमा रहेको स्पष्ट पारे । यसवर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गरेका छन्

Nabintech