८ पुष २०८१, सोमबार
आयआर्जन कार्यक्रम प्रभाबकारी बन्दै

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०८१, शनिबार ०९:५४

अन्जना चौधरी ,भुरीगाउ बर्दिया  : ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्धारामा जेड एस एल परियोजाले संचालन गरेका कार्यक्रमहरुको दिगोपना मापन गर्ने विषयक एक दिने कार्यशाला गोष्टि सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रकाबीच आई। यु। सिएनको आर्थिक सहयोग तथा जेड एस एल नेपालले आफ्नो परियोजना साझेदार संस्थाहरु मार्फत कार्यान्वायन भैरहेका परियोजना इन्टि ग्रेटेड टाइगर ह्यावीटेसन कार्यक्रम अर्थात बाघको वासस्थान ब्यवस्थापन कार्यक्रम अन्र्तगत बर्दिया राष्ट्रिय निकुन्ज तथा मध्यवर्ती क्षेत्रहरुमा परियोजनाहरुको पहिलो, दोस्रो र तेस्रो चरणको कार्यले परेको प्रभावका विषयमा जानकारी गराइएको हो ।

मध्यवर्ती क्षेत्रका वासिन्दाहरुले जंगली जनावरबाट भोग्दै आएका समस्या तथा क्षेतिलाई निराकरण गर्नका लागि जेट।एस।एल परियोजनाले खेलेको भुमिका कतिको प्रभावकारी भएको छ सोको विषयमा विस्तृत जानकारी गराइएको छ ।

 

जेड एस एल ले विभिन्न परियोजना मार्फत मध्यवर्ती सामुदाय तथा राष्ट्रि«य निकुन्ज आसपासका वासिन्दाले वन्यजन्तुबाट भोगेका समस्याहरुलाई न्युनिकरण गर्न मुख्य भुमिका खेल्दै आएको छ । विगत ७ वर्षदेखि नै मध्यवर्ती सामुदायका वासिन्दाका लागि विभिन्न आय आर्जनका कार्यहरु तथा बाघको वासस्थान ब्यवस्थापन, तथा पर्यापर्यटनका लागि कार्य गर्दै आएको जेड एस एलका फिल्ड कार्यक्रम अधिकृत प्रदिप सोडाईले बताउनभयो ।

उहाँले बर्दिया सहित बाँके र सुक्लामा समेत आफुहरुले आयआर्जनका क्षेत्रमा स्थानीय बासिन्दा लगायत निकुन्जलाई पर्यापर्यटनका लागि विभिन्न सहयोग गर्दै आएको बताउनुभयो । चोरी सिकार नियन्त्रण युवा परिचान अभियानका युवाहरुको समन्वयमा मानव बन्यजन्तु द्धन्द न्युनिकरण कार्यक्रम, विरालो प्रजातिका बन्यजन्तुले पुयाएको क्षति कम गर्नका लागि सुधारीएको खोर निर्माण, निकुन्जभित्र जनावरका लागि पानी सहजताका लागि सोलार जडित पानी पोखरी, पुल निर्माण, घाँसे मैदान व्यवस्थापन, जैविकबार निर्माण गरेको छ ।
यस्तै सचेतनात्मक कार्यक्रमहरु, सिपमुलक तालिम, विउ पुँजी हस्तान्तरण, युवाहरुलाई नेचर गाईडको तालिम, खाना पकाउने विधुतिय चुलो वितरण लगायत बन्यजन्तुबाट पिडितका लागि तत्काल राहत कोष समेत स्थापना गरि विभिन्न प्रभावकारी काम गर्दै आएको जानकारी गराइएको छ ।

Nabintech