८ पुष २०८१, सोमबार
स्वर्गिय प्रेमबहादुर थापा मगरको सम्झनामा रामनगर शिब मन्दिरमा होमकुण्ड निर्माण

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०८१, शनिबार १९:२०

स्वर्गिय प्रेमबहादुर थापा मगरको सम्झनामा कोहलपुर १० रामनगर शिब मन्दिरमा होमकुण्ड निर्माण गरिएको छ । रामनगर शिब मन्दिरका संस्थापक अध्यक्ष समेत रहेका स्व.थापाको सम्झनामा उहाँकी धर्मपत्नि नेत्रकुमारी थापा मगर छोरा पदमबहादुर र सन्दिप थापा मगर बुहारी कृष्ण थापामगर र अनिता थापा मगरले बुबाको सम्झनामा शिब मन्दिरको प्रांगढमा होमकुण्डको स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नन्दलाल पौडेलले जानकारी दिए ।
होमकुण्डको उद्घाटन जीबन ज्योति स्कूलका प्राचार्य फादर जोमन जेम्सले गरेका थिए । कार्यक्रममा बोल्दै जेम्सले बिद्यालयसंग सटेको मन्दिरको संरक्षण गर्ने जिम्मा विद्यालयको पनि रहेको जानकारी दिए । अब स्थानयिहरुको बिबाह र अन्य कार्यकालागि बाहिर जानुनपर्ने बाध्यता रहेकोमा यहाँका स्थानीयहरुलाई सहज हुने समेत जनाए ।
होमकुण्ड निर्माणका लागि करिब पाँचलाख रुपैया खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरलाई अझै व्यवस्थित बनाउनकालागि बिभिन्न पहलहरु गरिरहेको सल्लाहाकार पौडेलले जानकारी दिए ।

Nabintech