१९ मंसिर २०८१, बुधबार
किन थुनाउँदै छ एमाले आफ्ना सांसद र मेयर

  • टाइम्स संवाददाता

  • २६ कार्तिक २०८१, सोमबार ०८:१३

काठमाडौं –  पूर्ब मन्त्रीसमेत रहेका कोशी प्रदेशसभाका सदस्य लीलाबल्लभ अधिकारी मानव तस्करीको अभियोगमा आइतबार बिराटनगरमा पक्राउ परे। उनलाई प्रहरीले काठमाडौ ल्याउने भएको छ। उनी एमालेका तर्फबाट मोरङबाट निर्वाचित सदस्य हुन् ।
अधिकारी माथि छानबिन गर्न एमालेले सरकारसँग माग गरेको छ र त्यो छानबिनलाई सहयोग गर्ने सार्बजनिक प्रतिबद्धता व्यक्त गरेको छ।
मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीले निलम्बन गरेको छ । उनीमाथि लागेको आरोपको छानबिनको माग गर्दै एमालेको कोशी प्रदेश कमिटीले निलम्बन गरेको हो । प्रदेशको सो निर्णयलाई शनिवार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले समेत अनुमोदन गरेको छ।

अधिकारीमाथि अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।  एमालेका अर्का बहालवाला सांसद टोपबहादुर रायामाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले पनि थुनामा छन् । त्यसैगरी
त्यसै गरी कास्कीको पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ। उनी पनि एमालेको तर्फबाट निर्वाचित भएका मेयर हुन्
इमेज सहकारीको झन्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिवार पोखरा ल्याइएको हो। हिरासत म्याद थपका लागि आज उनलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। ।

त्यस्तै नेकपा एमालेको प्रभावशाली नेता समेत रहेका राष्ट्रिय सहकारी विकास वैंकका अध्यक्ष केबी उप्रेती पनि थुनामा छन् ।हुन् । उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिव समेत हुन् ।एमालेले उनलाई पनि यो अभियोग लागेपछि निलम्बन गरेको छ।
उप्रेतीले ३० हजार भन्दा बढी बचत कर्ताको ८ अर्ब बढी रकम अपचलन गरेको अभियोग लागेको छ । यसअघि भारतमा लुकीछिपि बस्दै आएका उप्रेती एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सूचना पाएपछि सार्वजनिक भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको बेला उनी पक्राउ परेका हुन् ।
एमालेले बिभिन्न अभियोग लागिका आफ्नो पार्टीका नेतालाई अपराधबाट अभियोगबाट उन्मुक्ति दिने कुनै काम गरेको देखिएको छैन। अभियोग लागेकाहरुलाई आवश्यक अनुसन्धान गर्न सरकारलाई माग मात्र होइन, सहयोग गर्दै आएको यी माथिका उदाहरण हुन् ।

गल्ति गर्नेहरुलाई जोगायो भन्नेहरूले अनुसन्धानका घेरामा परेका एमालेका नेताहरुलाई आफ्नै नेतृत्वमा सरकार हुँदा प्रहरीको नियन्त्रणमा लिँदा सिधा उत्तर मिलेको छ। थएनन् । एमालेका एक नेताको टिप्पणी छ –गल्ती गर्ने जो सुकै नेता कार्यकर्ता होस त्यसलाई कानुनी दायरामा ल्याउनु पर्छ , । ती नेताको भनाई छ – आफ्ना बहाल वाला सांसद र मेयर समेत अनुसन्धानको घेरामा आउँदा एमालेले सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ।
तर पनि एमालेले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई जोगाउन खोज्यो भनेर प्रश्न गर्नु आश्चर्यपूर्ण बनेको छ। एक राजनीतिक विश्लेषक भन्छन् – एमाले माथि यस्तो आरोप लगाउनेलाई यति मात्र भन्नसकिन्छ – आफु नाङ्गो नाँच्ने अनि अरुलाई आँखा चिम्लि भन्ने ।

Nabintech