६ मंसिर २०८१, बिहीबार
देउती बज्यै मन्दीरका पुजारीको शव संकास्पद अवस्थामा भेटियो

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०८१, बुधबार ०७:५६

सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारीको शव शंकास्पद अवस्थामा भेटिएको छ । मुख्य मन्दिरको पूर्वी ढोकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो ।

मृत अवस्थामा मान्छे रहेको खवर थाहा हुने वित्तिकै प्रहरीले घटनास्थलमा पुुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काले  जानकारी दिए । उनकाअनुसार राजीको शरिरमा अन्य निलडाम र चोट नरहेको तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ ।
घटनाबारे अहिल्यै नै केही भन्न नसकिने भन्दै उनले अनुसन्धानको क्रममा कारण खुल्न सक्ने खड्का बताउँछन् । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ । पुजारी नै मृत अवस्थामा भेटिएपछि देउती बज्यै दर्शन गर्न बन्द गराइएको छ ।

Nabintech