भक्तपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास-निर्माणका काममा तल्लीन रहेको बताएका छन् । शनिबार एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको दाबी गरे ।
‘एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिंड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ,’ उनले भने । राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्याउन धेरै समय नलाग्ने उल्लेख गर्दै उनले भने, ‘राज्य र जनता मिलेर देश बनाउनुपर्छ ।’