८ मंसिर २०८१, शनिबार
राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

  • टाइम्स संवाददाता

  • ६ मंसिर २०८१, बिहीबार १६:५९

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

Nabintech