८ मंसिर २०८१, शनिबार
संसद्‌वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०८१, शनिबार २०:४३

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । तर नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह गरे ।

नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने– ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ । हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् । हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’ कार्यक्रममा एक पटक एकीकृत जनक्रान्तिलाई ०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेको उनले स्पष्ट पारे ।

Nabintech