कोहलपुर – सुदुरपश्चिम सेवा समाज कोहलपुर बाँकेको बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिबिर सोमबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारी (न्यौपाने) को प्रमुख आतिथ्यता र सुदुरपस्चिम सेवा समाजका संयोजक गजेन्द्र बहादुर शाहीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । साथै नि:शुल्क दन्त शिबिरमा ५० जना महिला र ८५ जना पुरुष गरि १३५जनाले विशेषज्ञ सेवा लिएको सुदुरपश्चिम सेवा समाजका संयोजक गजेन्द्र बहादुर शाहिले बताउनु भएको छ । सोमबार भएको रक्तदान तथा नि:शुल्क दन्त शिबिर जस्ता मानवीय कार्यमा सरिक हुन पाउँदा आफुहरु धेरै खुसी भएको र यस्ता कार्य गर्दै जानुपर्ने कोहलपुर डेण्टल अस्पतालका डाक्टर आस्था ढकाल र डाक्टर द्वारिका प्रसाद बजगाइले बताएका थिए ।
सुदुरपश्चिम सेवा समाजले निकट भविस्यमा बाँके जिल्ला लगायत दुर्गमबस्तीहरुमा बिसेशज्ञ स्वास्थ्य सेवा, सामाजिक हितका क्षेत्रमा कार्य गर्दै जाने संयोजक शाहीले बताएका छन । रक्तदान कार्यक्रममा नेपालगन्ज रेडक्रस शोसाइटी र कोहलपुर रेडक्रस शाखाले प्राविधिक सहयोग गरेका थिय ।
कार्यक्रममा प्रमुख अथिती बसन्ती अधिकारिले एस्ता खालका मानवीय कार्यगरेकोमा धन्यवाद दिनुका साथै आगामी दिनमा समाजले सामाजिक उत्तरदायित्वका कार्य गर्दै जानू पर्ने बताउनु भएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्त , पुर्ब प्रहरी उपरीक्षक (एसपी) हर्क शाही , तरुण दल कोहलपुर नगर बरिस्ठ उपाध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि गौरव रावल,तरुण कोहलपुर नगर कोषाध्यक्ष मान बहादुर थापा, स्वबियु सभापति विद्यार्थी नेता देबेन्द्र बुढा अनेरास्ववियु केन्द्रिय सदस्य टोपराज जैशी लगायतको उपस्थिति रहेको हो ।