नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करण आज (शनिबार) शुरू हुँदै छ । नेपालमा पहिलोपटक हुन लागेको एनपीएलको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको एनपीएलको पहिलो खेल दिउँसो साढे १२ बजेबाट शुरू हुने क्यानले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् ।
उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भीआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
करोडौं लगानी, विदेशी क्रिकेटरको उपस्थिति, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिले एनपीएलले व्यापक चर्चा पाएको छ । एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाउँदै छन् ।
हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध भइसकेका छन् । जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी हुन् ।
विदेशी क्रिकेटरहरूसँगको सम्झौता रकमबारे खासै खुलाइएको छैन। प्रत्येक टिमका ‘मार्की’ खेलाडीले जनही २० लाख रुपयाँ प्राप्त गरेका छन् । यसै गरी अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाखसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक’ खेलाडीलाई पनि राम्रो रकम दिइएको छ ।