१२खरीको आयोजनामा भएको अन्तराष्ट्रिय स्तरको कथा प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कथाकार बिष्णु पादुकालाई कोहलपुरमा सम्मान गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजना बधाई तथा सम्मान कार्यक्रममा कथाकार विष्णु पादुकालाई खादा तथा मालाद्वारा सम्मानगरिएको थियो ।
कार्यक्रममा पादुकाको एक लाख रासीको पुरस्कार जित्न सफल कथा माग्युद् खोना रेडियोकर्मी कल्पना कार्कीले वाचन गरेकी थिईन । कार्यक्रममा यस पूर्व १२ खरीको पाँचौं श्रृङखलाको कथा प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल कथाकार नवीन अभिलाषी तथा पहिलो श्रृङखलाको प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल कथाकार सुमित्रा न्यौपानेको समेत उपस्थिति थियो ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, हरि तिमिल्सिना, उपन्यासकार किरण आचार्य, कथाकार जित बहादुर शाह, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत, सागार गैरे, दामोदर पौडेल, गजलकार नमिता बराल , हाइकुकार उपमन्यु बद्री हिरामणि , कथाकार छविलाल खड्का , भुपेन्द्र सुवेदी, एल वि क्षेत्री, लगायत चार दर्जन बढी साहित्यकारहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रम कोहलपुर पूणर््िामा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले अध्यक्षता गर्नु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गर्नु भएको थियो ।









