नेपालगन्ज- बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो ।
रामकुमार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटी ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटीमा साहसहित ४ जना सवार रहेका थिए । प्रहरीका अनुसार साहका श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन् । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीको भनाइ छ ।