१३ पुष २०८१, शनिबार
सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. विष्टद्वारा शपथ ग्रहण

  • टाइम्स संवाददाता

  • १ पुष २०८१, सोमबार २०:३७

काठमाडौं-  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए ।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएको हुन् ।

Nabintech