५ पुष २०८१, शुक्रबार
ने.रा.मा.बिको सामाजिक परिक्षण तथा सार्बजनीक सुनुवाइ सम्पन्न

  • टाइम्स संवाददाता

  • ५ पुष २०८१, शुक्रबार १५:०४

कोहलपुर पौष  : कोहलपुर नगरपालिका वडा न १२ निवुवा खड्कवारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले शैक्षिक सत्र २०८० को सामाजिक परिक्षणको सार्वजनिक सुनुवाइ तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
बिद्यालयका गतिबिधीहरुलाई अभिभावक माझ सार्वजनिक गर्नु पर्ने नियम अनुसार यस बिद्यालयले बिद्यालयका गतिबिधीहरु सार्वजिनक सुनुवाइ मार्फत सामाजिक परिक्षण गरेको हो ।


बिद्यालयका प्रधानाध्यापक पृथ्वीनाथ धिताले सामाजिक परिक्षण प्रतिबेदन अभिभावक माझ प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा बिद्यालयको हक हितको लागी , शैक्षिक गुणस्तर सुधार , योजना माग लगायतका बिषयबस्तुमा केन्द्रित रहेर ४५ पटक बैठक बसेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सामाजिक परिक्षण तथा सार्वजनीक सुनुवाइ कार्यक्रममा बिद्यालयमा खेलमैदानको उचित ब्यवस्था नभएको हुदा खेलमैदान ब्यवस्थापनको लागी पहल गर्नु पर्ने सार्वजनिक सुनुवाइ कार्यक्रममा अभिभावकहरुले बताएका थिए । २ वटा जिर्ण अबस्थमा रहेका शौचालयहरलाई मर्मत गर्नु पर्ने अभिभावहरुले गुनासो ब्यक्त गरेका थिए ।बिद्यालयमा इन्टरनेटको सुबिधा ,शैक्षिक सामा्रगी र पुस्तकालयको ब्यवस्था ठिकै रामो्र रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।


हल हाल बिद्यालयमा प्रावि तहमा ९ जना निमाबि तहमा ४ जान माबि तहमा ४ जना शिक्षक मात्र अनुदान प्राप्त भएको र माबि तहमा ५ जना दरबन्दी भएको र बिद्यार्थी अनुपातमा १ जना सहायक लेखापाल अति आबशयक रहेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शेर वहादुर खड्काले बताउनु भएको छ ।
बिद्यालयको भौतिक बिकासको लागी आफु निरन्तर लागीरहेको अध्यक्ष खड्काको भनाइ रहेको छ । बिद्यालयमा हाल खानेपानीको रामो्र ब्यवस्था भएकोर सहयोगी सस्थाहरु धन्यबाद समेत दिनु भएको छ । आर्थिक अबस्थाका कारण यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुले वीचमा पढाइ छोडनेको सख्या समेत बढदै गएको प्रति कसरी बिद्यार्थीहरुलाई बिद्यालयमा आउने बातावरण सृजना गर्नु पर्दछ भन्ने तर्फ सबै सरोकारवालाहरु एकजुट हुनु पर्ने कोहलपुर नगरपालिका वडा न १२ की वडा सदस्य पानसरा बिकले बताउनु भयो । वडाको तर्फबाट हुने सहयोगको लागी आफू प्रतिबद्ध भएको समेत उहाँले बताउनु भयो ।


नमुना बाल बिकासको निमार्णको लागी कोहलपुर नगरपालिकाबाट दश लाख , बिद्यालयमा शुद्ध खानेपानी निर्माणको लागी छ लाख तीस हजार किप परियोजनाबाट उपलब्ध हुनुका साथै कोहलपुर नगरापालिका वाट २० सेट डेक्स बेन्च र वडा न १३ बाट २२ सेट डेक्स बेन्च सहयोग प्राप्त भएको बिद्यालयका सहायक प्रअ आनन्द प्रसाद भट्टराईले सार्वजनिक कार्यक्रममा बताउनु भएको थियो । यस बिद्यालयमा ७ सय भन्दा बढि बिद्यार्थीहरु अध्यनरत रहेका छन ।

 

Nabintech