८ पुष २०८१, सोमबार
बहसमा जलजला

  • टाइम्स संवाददाता

  • ७ पुष २०८१, आईतवार १९:५१

कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा आज वागेश्वरी बहुमुखी क्याम्पसमा बहसमा कमरेड जलजला र मोहनविक्रम सिंह कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जलजला उपन्यासका साहित्यिक, राजनीतिक र दार्शनिक पक्षहरूका साथै आफ्नो राजनीतिक जीवन, नेपालको समसामयिक राजनीति, विश्व राजनीतिक सन्दर्भका बारेमा उपन्यासका लेखक मोहनविक्रम सिंहबाट जानकारी पाइएको सहभागीहरुले बताए । बामपन्थी नेता एवं उपन्यासका लेखक मोहनविक्रम सिंहले सुन्दर संसार निर्माणकालागि उपन्यास सहयोग रहने बताउनु भयो। टिप्पणीकार नरेन्द्रजङ्ग पिटरले उपन्यास माथी टिप्पणी र सागर गैरेले सहजीकरण गर्नु भएको थियो।


कार्यक्रममा उपस्थित पूर्व उपसभामुख पूर्णा सुवेदी, पूर्व माननीय आइ. पी खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्रा.डा. जनार्दन आचार्य, प्रा.डा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, क्याम्पस प्रमुख दानबहादुर हमाल, साहित्यकार हरिप्रसाद तिमिल्सिना, समाजसेवी वीरेन्द्र शाह, इन्द्र भण्डारी, इन्द्र वस्नेत, किरण आचार्य, मणि अर्याल सहितका विशिष्ट साहित्यकार, राजनीतिकर्मी, समाजसेवी, प्राध्यापक, विद्यार्थीहरू लगायत करिब २ सय जनाको सहभागीता रहेको थियो। मोहन बिक्रम सिहकोबहसमा कमरेड जलजला उपन्यास१हजार ३ सय २० पृष्ठको रहेको छ। हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान कोहलपुरका अध्यक्ष पुस्करनाथ रिजालको सभापतित्व र उपाध्यक्ष खोपिराम वलिको उपन्यासकारको परिचयबाट कार्यक्रम सुभारम्भ भएको थियो। लेखक सिहको यो छैठौ कृति रहेको छ।

Nabintech