कोहलपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने भएको छ । कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्र अघि खबरदारी र्याली आयोजना गरीने माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले जानकारी दिए । बिहान ११ बजेबाट कोहलपुर नगरपालीकाको गेटबाट निकालिने खबरदारी र्याली कोहलपुर चौराह, न्यूरोड, साझा चोक हुँदै कोहलपुर शित भण्डारको सभाहलमा गएर खबरदारी सभामा परीणत हुने खड्काले बताए ।
नगर अधिवेशनबारे जानकारी दिन बिहिबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले भ्रष्टाचार अन्त्य र शुसासनकालागी नगर अधिवेशनबाट नयाँ सन्देश प्रवाह गरीने बताए । उनले पुष १२ र १३ गते हुने अधिवेशनको तयारी तिब्र पारीएको जानकारी समेत दिए ।
नगर अधिवेशनको उद्घाटन माओवादी केन्द्रका महासचिव देब प्रसाद गुरुङले गर्ने भएका छन । कोहलपुर शित भण्डारको सभाहलमा हुने उद्घाटन शत्रमा महासचिव गुरुङ सहितका केन्द्रिय तथा प्रदेश स्तरका नेताहरु सहभागी हुने खड्काले बताए । “भ्रष्टाचार अन्त्य र शुसासनकालागी हाम्रो अभियान, संगठन सुदृढिकरण र बिकासकालागी तेस्रो नगर अधिवेशन” भन्ने मुल नाराका साथ हुने अधिवेशनको उद्घाटन समारोह अघि निकालीने खबरदारी र्यालीमा ६ हजार बढी कार्यकर्ता तथा स्थानियको सहभागीता हुने खड्काले दाबी गरे ।
नेतृत्व चयनकालागी हुने अधिवेशनकालागी नगरका १५ वटै वडाबाट २०२ जना प्रतिनिधि छनौट गरीएको जानकारी दिदैं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पार्वती पुन उषाले निर्वाचन प्रणालीबाटै नयाँ नेतृत्व चयन हुने बताईन । महाधिवेशनबाट ७ जना पदाधिकारी सहित ५५ सदस्यीय कमिटि चयन गरीने पुनले जानकारी दिईन । समावेशी प्रतिनिधित्वका लागी १० प्रतिशत सदस्य पछि मनोनित गर्ने ब्यवस्था समेत रहेको बताउँदै पुनले तेस्रो अधिवेशनबाट उर्जावान नेतृत्व चयन हुने विश्वास ब्यक्त गरीन ।
भोली उद्घाटन हुने अधिवेशनको बन्दशत्र १३ गते सहिद स्मृती केन्द्र कोहलपुरमा संचालन हुने नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।