१४ पुष २०८१, आईतवार
पूर्णकलाको देउडा र राजुको दोहोरीमा झुमे कोहलपुरका दर्शक

  • टाइम्स संवाददाता

  • १२ पुष २०८१, शुक्रबार २०:५७

कोहलपुर–११स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिनपनि कोहलपुर महोत्सवमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको छ । चौथो दिन राष्ट्रियस्तर र स्थानीय कलाकारहरुले प्रस्तुति दिए ।
पुस ९ गते सुरु भएको महोत्सवमा दैनिक दर्शकहरुको समेत उपस्थिति बढ्दो क्रममा रहेको छ । शुक्रबार कोहलपुर महोत्सवमा लोक तथा दोहोरी गायिका पुर्णकला बिसीले कोहलपुरलाई झुमाइन् । उनले‘गालापारा पिरती,मायालुले भिरेको झोला,फूलमायामा नभुल’ लगायतका गीत गाएकी थिइन् । उनको देउडा गीतमा देउडा पारखीहरु निकै रमाएका थिए । कोहलपुर महोत्सवमा विसीले पहिलोपटक देउडा गीत सुनाएकी थिइन् । अर्का गायक राजु गुरुङले लोक दोहोरीमार्फत भरपुर मनोरञ्जन दिलाए । उनले आफ्नो निकै चर्चित गीत मुखै तितो बनायो तिते करेलीले गाएका थिए । यस्तै सालैजोमा झन महोत्सवको माहोल नै तालिएको थियो । झ्याउरे भाकामा उनले दर्शकलाई झनै आनन्दित बनाएका थिए । शुक्रबारको महोत्सवमा दर्शकले फरक फरक विधाका गायकहरुको प्रस्तुति सुने । आधुनिक गायक डिजराज पौडेलले आफ्ना चर्चित आधुनिक गीतहरुको संगालो नै प्रस्तुत गरेका हुन् । कुनै समय नेपाली सांगितिक क्षेत्रमा एकछत्र राज गरेको तिमी आउने बाटोमा फुल रोपेदिए मैले गीत उनले गाएका थिए । फुलबुट्टे सारीमा र सुनैको दरबार बोलको गीतमा उनले दर्शकलाई मोहित नै बनाएका हुन् । अर्का गायक विष्णु सिंजाली मगर ले ख्याल ख्यालमा पिरती लाउने बनायो,कोकाकोला जस्तै छ लगायतका गीत गाए । सोनु कुश्मीले पनि काली भनौला,बारबार लेहेङ्गा फुस्केला र थारु गीत अटुवामा बैठी के लगायतका गितहरु प्रस्तुत गरेका थिए ।


नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भोलि आउने कालाकारहरु
चर्चित गायिका मिलन नेवारको प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै लोक तथा दोहोरी गायक कृष्ण रेउलेपनि कोहलपुर महोत्सवमा आउने छन् । मोडेल आरुषी मगर,रितु शाहीको पनि प्रस्तुति रहनेछ । यस्तै पहिलो समय निकै लोकप्रिय गायिकाका रुपमा स्थापित विपना सिंहका साथै मोडेल माया परियार,सानू चौधरी र डान्सर निरुता कार्कीको प्रस्तुति रहनेछ ।

Nabintech