२० पुष २०८१, शनिबार
अखिल क्रान्तिकारीमा उमेर हदपछि जनार्दन- विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक

  • टाइम्स संवाददाता

  • १५ पुष २०८१, सोमबार १८:०८

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नु पुस्तान्तरणका लागि ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन् ।  पार्टीमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व छाड्नुपर्ने भन्दै लिखित प्रस्ताव अघि सारेका शर्माले विद्यार्थीको कदमलाई समर्थन गरेका हुन् । शर्माले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो । यसले झण्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ ।’ पार्टी निर्माण गर्ने बाटो आफैं जोखिमपूर्ण भएको भन्दै उनले इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टतासहित लागेमा मात्रै सम्भव हुने बताए ।

उनले अगाडि लेखेका छन्, ‘पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट(विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन । एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एकमात्र उद्देश्य हो ।’

Nabintech