२० पुष २०८१, शनिबार
कोहलपुरमा महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी भोली नायक पल शाह आउँदै

  • टाइम्स संवाददाता

  • १५ पुष २०८१, सोमबार २१:४४

कोहलपुर :  बाँकेको कोहलपुरमा यही पुस ९ गतेदेखि ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्पोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।
मंगलबार भने नेपाली म्युजिक भिडियोका राजा तथा अभिनेता पल शाह कोहलपुर आउँदैछन् । देशभरका मेला महोत्वसमा अत्यधिक रुचाइएका शाह कोहलपुर महोत्सवमा आउने भएका हुन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोहलपुर आउन लागेको बताएका छन् ।
अभिनेता शाहका अनुसार उनी आफ्नो टिमसहित कोहलपुर महोत्सवमा प्रस्तुतिका लागि आउन लागेका हुन् । शाहले अभिनय गरेको पछिल्लो गीत ‘मायालाई पानको पात’ गीत निकै चर्चित छ । कोहलपुर महोत्सवमा उनको दर्शकहरुबाट माग भइरहेको थियो । शाहले कोहलपुर महोत्सवमा एक घण्टा प्रस्तुति दिने आयोजकले जनाएको छ ।
कोहलपुर महोत्सवको सातौं दिन सोमबार भने राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहयो । सोमबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, चर्चित लोक दोहोरी गायिका टीका पुनले आफ्नो प्रस्तुति मार्फत दर्शकलाइ मन्त्रमुग्ध बनाएका बनाए ।
त्यस्तै गायक गोपाल नेपाल जिएम,गायिका रुपा घर्तीमगरले दर्शकहरुलाइ सांगीतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने मोडेल तथा डान्सर यनी पुन र बबिता गुरुङले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।


आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
१६ गतेका मुख्य आकर्षक
महोत्सवमा मंगलबार पछिल्लो समयकी निकै व्यस्त चर्चित नायक पल शाह आउनेछन् । दोहोरी गायक अर्जुन सुनाम, गायक सुमन बिटी, लोक तथा दोहोरी गायिका सपना शाहीको प्रस्तुति रहनेछ । त्यस्तै महोत्सवमा मोडल तथा डान्सर अस्मिता पुरी र दमन्ती शर्माको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Nabintech