२१ पुष २०८१, आईतवार
कोहलपुरमा महोत्सवमा पल शाहको हंगामा, दर्शकको थामी नसक्नुको भीड

  • टाइम्स संवाददाता

  • १६ पुष २०८१, मंगलवार २०:४२

कोहलपुर : बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ मंगलबार अभिनेता पल शाहलाई हेर्न हजारौ दर्शक ओइरिएका छन् । म्युजिक भिडियोका राजासमेत भनिने अभिनेता कोहलपुर महोत्सवमा पल शाह बहुप्रशिक्षित कलाकारका रुपमा रहेका थिए ।
उनी कोहलपुर महोत्सवमा आउने निश्चित भएपछि हजारौ दर्शक महोत्सवमा उपस्थित हुने आकलन गरिएको थियो । सोही अनुसार विहानैदेखि दर्शकहरुको उल्लेख्य सहभागिता भइरहेको थियो । जतिबेला पल शाह आफ्नो टिमसहित स्टेजमा चढे । कोहलपुर महोत्सवको माहोल भिन्न बन्यो ।
उनलाई हेर्न आउने दर्शकहरुको भीड थाम्न आयोजकलाई हम्मे हम्मे नै परेको थियो । कार चढेर महोत्सव स्थलमै प्रवेश गरेका शाहलाइ हजारौं दर्शकले हात मिलाएर स्वागत गरेका थिए । शाह मञ्चमा प्रवेश गर्न बित्तिकै उनको पछिल्लो निकै रुचाइएको गीत ‘अरुलाई धानको भात,मायालाई पानको पात’बोलको गीतमा आफ्नो प्रस्तुति राखे । महोत्सवमा दर्शकहरुको चिच्यावटले हंगामा नै मच्चियो । उनले प्रस्तुति दिदाँ दर्शकहरु प्रवेश गरेपछि स्टेज नै भरिएको थियो । शाह दर्शकहरुसँग छमछमी नाचे ।
मेला आयोजक समितिले सबैभन्दा धेरै मंगलबार दर्शकको अभूतपूर्व उपस्थिति रहेको जनाएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्सपोमा दैनिकजसो राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति दिइरहेका छन् ।


मंगलबार पल शाहसँगै राष्ट्रियस्तरका अन्य कलाकारहरुले प्रस्तुति दिएका थिए । चर्चित लोक तथा दोहोरी गायक सुमन बिटी,चर्चित लोक दोहोरी गायिका सपना शाही,अर्जुन सुनाम,गायिका अन्जु विश्वकर्मा लगायतले कोहलपुरको चिसो मौषममा माहोल तताए ।
यसैगरी,टिकटकमा भाइरल कुल बहादुर वलीले दर्शकहरुलाई सांगीतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने मोडेल तथा डान्सर अस्मिता पुरीले पनि आफ्नो प्रस्तुति देखाएकी थिइन् ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
१७ गतेका मुख्य आकर्षक
महोत्सवमा बुधबार पछिल्लो समयकी निकै व्यस्त चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी आउँदैछन् । जनताका गायकको रुपमा चिनिएका उनी हरेक जस्तो महोत्सवमा वृद्धवृद्धालाई रुवाउनेगरी प्रस्तुति दिन्छन् ।
यसै अर्का गायक सुकदेव अधिकारी,सम्झना रणपाल ,मोडेल तथा डान्सर रुबिना अधिकारी,बिजय पुन,सुनिता दहित लगायतको प्रस्तुति रहनेछ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Nabintech