२३ पुष २०८१, मंगलवार
अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल

  • टाइम्स संवाददाता

  • १९ पुष २०८१, शुक्रबार २०:४८

काठमाडौं –  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले अनुशासित पार्टीले मात्रै देशको लक्ष्य प्राप्त गर्ने बताए ।

महासचिव पोखरेलले पार्टीमा बेरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको पनि बताए । यस्तो बेलामा पार्टी निर्णयविरुद्ध जान उचित नहुने उनको भनाइ थियो । महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने पनि बताए । ‘देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ’, उनले भने ।  महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनबिना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने जिकिर गरे ।

Nabintech