३४औ प्याब्सन दिवस आज बाके लगायत देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ। यसै क्रममा प्याब्सन कोहलपुर नगर समितिले कोहलपुरमा प्रभातफेरी, रक्तदान एव सम्मान कार्यक्रम गरि स्थापना दिवस भब्यरुपले मनाएको छ।
कार्यक्रमका अवसरमा शैक्षिक क्षेत्रमा कलम चलायर शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै कोहलपुरका तिनजना पत्रकारहरुलाइ सम्मान गरेको छ।
यसरी स्व. हरि प्रसाद रावत स्मृति प्याब्सन शिक्षा पुरस्कार बाट सम्मानितहुनेहरुमा पत्रकार प्रदिप वाग्ले, प्रमोद रिजाल र निर्मल आचार्य रहेका छ्न।
उनिहरुलाइ जनही ८ हजार ५ सय नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो।
यसै बिच पुर्ब मेयर लुट बहादुर रावत र नारायण सिग्देललाइ शिक्षामा पुर्यायको योगदानको कदर गर्दै र खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै श्रीमान थापालाइ प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
प्याब्सन नगर कमिटी अध्यक्ष रमेश के सी को अध्यक्षतामा भएको सो कार्यक्रम को प्रमुख अतिथि कोहलपुर नगर पालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य रहेका थिए। सोही अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ।
कार्यकमका अवसरमा प्याब्सन कोहलपुरले सामाजिक उतरदायित्व अन्तर्गत कोहलपुरमा बन्दै गरेको सबदाह गृहका लागि रु ५० हजार सहयोग गरेको छ।
सहयोग रकम सबदाहा गृह निर्माण समितिका सम्योजक चक्र अधिकारिलाइ बुझाइएको प्याब्सन कोहलपुरका सचिब मित्रलाल वलिले कोहलपुर टाइम्सलाई बताए।