कोहलपुर: बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले जंगली हात्तीको आक्मणबाट मानवीय तथा अन्नवलीको समेत क्षति ब्यहोदै आएका थिए
अहिले पछिल्लो समय जंगली हात्तीबाट हुने जोखिम तथा क्षति न्युनिकरणको लागी बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्रको ओभरी,च्यामा ,गोभारपुर र बुचपुर क्षेत्रमा जेडएसएल नेपालेले पुर्व सुचना प्रणाली साइरन जडान भएपछि हात्ती मावन द्धन्द्ध न्युकरणमा सहयोग पुगेको जेडएस एल नेपालका फिल्ड प्रतिनिधी कमल रेग्मी बताउछन ।जंगली हात्ती जंगलको छेउछाउ बाट बस्तीमा प्रबेश गर्ने गर्दछ मध्यवर्ती क्षेत्रकोबस्ती नजिकका नागरिकहरु जगली हात्तीको जोखिममा रहदै आएको थिएयो अहिले हात्ती आएको सुचना बस्तीका नागरिहहरुलाई दिनको लागी निकुन्ज भित्र राखिएको साइरन प्रभावकारी भएको बुचापुर हात्ती सार केन्द्रका शालिक राम यादब बताउछन ।
बाँके राष्ट्रिय निकुन्जमा २५ भन्दा बढी जंगली हात्तीहरु रहेका छन । बस्तीलाई सुरक्षित गर्नको लागी तारबार गरिए पनि जंगलमा हातीको आहार नपुगे पछि हाती बस्तीमा प्रवेश गर्ने गर्दछ जब हात्ती जंगलबाट बस्ती प्रबेश गर्दा अनि साइरन बज्ने गर्दछ गाउका नागरिकहरु सचेत हुने गर्दछन जीउधनको क्षति समेत हुनबाट जोखिने अपेक्षा गरेको स्थानीयबासी शान्ती चौेधरी बताउछिन ।
पुर्व सुचनामा आधारित साइरन नहुदा कतिबेला कहाबाट हाती बस्तीमा प्रबेश गर्दछ भन्ने जनाकारी हुने थिएन जसकारण हाती बस्तीमा प्रबेश गरेर घर भत्काउनुको साथै अन्नवलीलाई समेती क्षति गर्दै आएकोमा यो साइरन जडान पछि बस्तीका नागरिकहरुलाई खुसी भएको स्थानीयबासी राधीका सुनार बताछिन ।