कोहलपुर : कोहलपुर जेसिज बर्ष २०२५ को लागि पदस्थापन कार्यक्रम आज भब्य रुपले सप्पन्न भएको छ। बर्ष२०२४ का अध्यक्ष राजकुमार पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य माननीय सन्जु कुमारी चौधरिको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले जेसिजको समाज रुपान्तरणको कार्य र युवा पुस्ताको कामको सरहाना गर्नु भयो।पदस्थापन कार्यक्रममा कोहलपुर जेसिज का सस्थापक अध्यक्ष सम बहादुर थापा, पुर्ब अध्यक्ष बिष्णु प्रसाद बेल्बासे जेसिज बर्ष २०२५ का जेसिज रास्ट्रीय कोषाध्यक्ष राम प्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो।
