हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कोहलपुरको ठूलो र पुरानो थारू बस्ती रझेना गाउँमा बदलिदो थारू समाज र साहित्य विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
थारू समुदायको नयाँ वर्षको आरम्भ माघ बाटै हुने भएकाले माघ पर्व तथा राष्ट्रिय एकता दिवसको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको प्रतिस्ठठानक अध्यक्ष पुुष्कर नाथ रिजालले बताए।
समाजकै सम्पत्ति र सरोरकारको विषय भएकाले साहित्य र समाजको सम्बन्धका व्यवहारिक पक्षहरूलाई देखाउने उद्देश्यले यो कार्यक्रम गरिएको अध्यक्ष रिजालले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्जु थारूले साहित्यिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रझेना गाउँमा आएर पूर्णिमाले गरेको कार्यक्रम बौद्धिक र ऐतिहासिक हिसाबले अर्थपूर्ण रहेको बताइन ।
कार्यक्रममा कार्यपत्र मार्फत् थारू साहित्यको इतिहास र वर्तमानबारे डा. कृष्णराज सर्वहारीले प्रकाश पारेका थिए । कार्यक्रममा डा. राजकुमार थारूले थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउनु जरूरी भएको बताउनुभयो । टिप्पणीकार शेखर दहितले कार्यक्रम गुणात्मक महत्वको रहेको भन्दै विश्वव्यापीकरण र समयको माग रहेको जिकिर गरे।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं ६ का वडा अध्यक्ष श्रीकृष्ण थारू, प्राज्ञ महानन्द ढकाल, हरि प्रसाद तिमिल्सिना लगायतले अर्थपूण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिएका थिए।
कार्यक्रममा बडघर, गुरुवा, पत्रकार र स्थानीयको उल्लेखनीय उपस्थिति थियो ।
प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पुष्कर रिजालले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषको रहेको थियो ।