२९ माघ २०८१, मंगलवार
मोही किसानले गरे घोराहीमा प्रदर्शन

  • टाइम्स संवाददाता

  • २८ माघ २०८१, सोमबार २१:२२

दाङ–केही दिनदेखि काठमाण्डौं केन्द्रित आन्दोलन जारी राखेका स्वर्गद्वारी गुठीका मोही किसानले आज दाङमा विरोध प्रदर्शन गरेका छन्।

सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन जारी राखेका हुन्।  उनीहरुले घाटिमा मोही पुर्जा, जमिन माथिको द्धयत स्वामित्व अन्त्य गर, मोही किसानको आन्दोलन जारी छ । २ बुदे सहमति कार्यान्वयन गर जस्ता प्ले कार्ड बोकेर नारा लगाएका थिए। घोराही १४ झिगौराबाट निस्केको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच पछिल्लो सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो।

तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले एक हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी गरेका हुन्। स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका किसानहरुले मोही किसानलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताएका थिए। उनिहरुले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।

Nabintech