२५ फाल्गुन २०८१, आईतवार
गोल्डकपको उपाधि राईजिङ स्टार फुटबल क्लबलाई

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८१, शनिबार २०:०३

कोहलपुर : बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीले जितेको छ । आज भएको फाइनल खेलमा नवलपरासीले कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । कोहलपुर–२स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ बिना गोल सकिएको थियो । दोस्रो हाफमा खेलको ४५ औ मिनेटमा राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेकोे दुई मिनेटमै खेलको ४७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । केवटकै उत्कृष्ट खेल प्रदर्शनमा नवलपरासी उपाधि जित्न सफल भयो ।

विजेता राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवट नै खेलको म्यान अफ द म्याच घोषित भए । कोहलपुर गोल्डकपमा पहिलोपटक फाइनल प्रवेश गरेको कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर भने घरेलु मैदानमा स्तब्ध बन्यो । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नवलपरासीले ट्रफीसहित नगद् आठ लाख रूपैयाँ प्राप्त गरेको छ । विजेता नवलपरासीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने चार लाख रूपैयाँ प्राप्त गरेको छ । प्लेअर अफ द टुर्नामेन्ट ९सर्वोउत्कृष्ट खेलाडी ० को अवार्ड कोहलपुर रेसिङ साहारा क्लबमा विनोद केसीले जिते । उनले ट्रफिसहित ५१ हजार प्राप्त गरे । राईजिङ स्टार फुटबल क्लब नवलपरासीका चेतन थारू वेष्ट डिफेन्डर हुँदै ट्रफीसहित दश हजार रूपैयाँ प्राप्त गरे । यसैगरी, राईजिङ स्टार फुटबल क्लब नवलपरासीकाका प्रतिक सुनारले नगद् हजारसहित उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । राईजिङ स्टार फुटबल क्लब नवलपरासीकै सन्दिप केसीले उत्कृष्ट प्रशिक्षक उपाधि जिते हुन् । राईजिङ स्टार फुटबल क्लब नवलपरासी विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद् पाँच–पाँच हजार प्राप्त गरे । उनीहरुले प्रतियोगिता अवधिभर सबैभन्दा धेरै २–२ गोल गरेका थिए । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सुरू भएको प्रतियोगितामा घाना र भारतकासहित आठ टिमको सहभागीता रहेको थियो ।

Nabintech