२९ बैशाख २०८२, सोमबार
समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा हुसेन निर्बाचित

  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८२, सोमबार ०८:४८

बाँके :  नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको घोराही दाङको घोराहिमा शनिबार भएको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भएको छ। प्रथम लुम्बिनी प्रदेश अधिवेशनले सर्वसम्मत अब्दुल हुसेन खानलाई लुम्बिनी प्रदेशको अध्यक्ष चयन गरेको छ। त्यसैगरी रामप्रसाद चौधरी र कमल भण्डारी उपाध्यक्ष, नारायण शर्मा सचिव, तथा सुदन खनाल, माया बिक र दुर्गा प्रसाद अधिकारी उपसचिवमा चयन हुनुभएको छ। अधिवेशनबाट १ सय ३५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको पूर्ण गठन गरिएको हो। अध्यक्षमा चयन भएका अब्दुल हुसेन खान नेकपा (एकीकृत समाजवादी) को पोलिट ब्युरो सदस्य समेत रहेका छ्न। अध्यक्ष खानले अधिवेशनपछिको सम्बोधनमा ,“लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई पहिलो शक्ति बनाउने लक्ष्य रहेको बताए। नवगठित प्रदेश कमिटी र नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन्। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव मेटमणी चौधरी, सचिव सोम पाण्डे लगायत नेताहरूले अध्यक्ष खान र अन्य पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा पार्टीलाई लुम्बिनी प्रदेशमा प्रमुख शक्तिको रूपमा उभ्याउने विश्वास व्यक्त गरेका छन्। नवनिर्वाचित प्रदेश कमिटीलाई घोराही सभाहल दाङमा आईतवार सफतग्रहण सम्पन्न भएको छ।

Nabintech