मदन-आश्रित स्मृती दिवसको अवसरमा जनताको बहुदलीय जनवाद र सञ्चार” विषयक अन्तरसंवाद कार्यक्रम आज बाकेको गनापुरमा सम्पन्न गरिएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिको आयोजना र प्रेस चौतारी नेपाल बाँके शाखाकाे समन्वयमा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जनताको बहुदलीय जनवाद र सञ्चार विषयमा एमाले बाकेका पुर्बउपाध्यक्ष एव अग्रज पत्रकार डिल्ली विसीले सो सम्बधी कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य प्रेस चाैतारीका इन्चार्ज एवं प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गाैतमले जनताकाे वहुदलिय जनवाद र मदन भण्डारिकाे विषयमा प्रशिक्षणात्मक मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा प्रस्तुत मा प्रेस चाैतारी कार्यपत्रमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज टिका बस्नेतले टिप्पणी गरेका थिए।
अन्तरसंवाद कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटि अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, प्रचार विभाग प्रमुख निर्मला सुनार,सह सचिव किशाेर थापा ,प्रेस चौतारीका केन्द्रिय सदस्यहरु विष्णुप्रसाद वेल्वासे, सकिल अहमद कादरी, भेषराज बस्नेत, डिल प्रकाश गाैतम,गणेश आचार्य एव चौतारीका पुर्व केन्द्रिय उपाध्यक्षहरु शिव डोटेल,कृष्ण अधिकारी, पुर्व कोषाध्यक्ष अछरी पोख्रेल, अग्रज पत्रकार झलक गैरे, प्रेस चाैतारी बर्दिया अध्यक्ष यज्ञ सापकोटा, नगर कमिटि कोहलपुरका अध्यक्ष प्रमोद रिजाल लगाएतका नेता एवं कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शाेभाखर पन्थीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रेस चाैतारी लुम्बिनी प्रदेशका काेषाध्यक्ष बिनाेद भट्टराईले स्वागत गरेका थिए सो कार्यक्रमको सन्चालन बाँके अध्यक्ष कमल डाँगीले गरेका थिए।
प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण बर्षको रुपमा संगठनका काम गर्ने निर्णय सार्बजनिक गरे सङै गतिविधि बढाइएको छ।