रुकुम पुर्वः लुम्विनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले आयआर्जनको लागी प्रदान गरेको मझौला खाले अनुदान प्रभाबकारी भएको पाइएको छ ।रुकुम पुर्वमा प्रदान गरिएको अनुदानबाट सेवाग्रहीहरु लाभान्वित भइएको हो ।
लुम्विनी प्रदेशभरी नै गत आर्थिक बर्षमा प्रदान गरिएका दर्जन भन्दा बढि उद्योगहरुको अनुगमन गरिएको छ । बिभिन्न उद्योगहरुका दुना टपरी उद्योग , अल्लोबाट उत्पादन गरिने सामाग्रीको उद्योग,अल्लोको कपडा उद्योग जडीबुटी प्रशोसन उद्योगहरु ,होमस्टेहरु ,सामुदायिक वन तथा कबुलियति वनमा पर्यापर्यटन प्रर्बधनमा गरिएका सहयोगको अनुगमन गरिएको लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका बरिष्ठ वन अधिकृत एबं सुचना अधिकारी सुशिल सुबेदीले जानकारी दिएका छन ।
मन्त्रालयबाट अनुदान पाएका रुकुम पुर्व र दाङ जिल्लामा संचालन भएको उद्योगहरुको अनुगमन गरिएको थियो । अधिकाश उद्योगहरु वन मन्त्रालयबाट पाएको सहयोगले आफूको र समुहको समेत आयआर्जमा उल्लेखिनिय सुधार भएको र जिवीको पार्जको लागी सहयोग पुगेको सिस्ने गाउपालिका वडा न २ रुकुम पुर्वमा रहेको छिपखोला अल्लो कपडा उद्योगकाी सन्चालक तिर्था पुनले बताइन ।
डिभिजन वन कार्यालय र मन्त्रालयले गरेको सहयोगबाट आफुले अल्लोको कपडा उत्पादन गरेर घरपरिवार सगै अरु दुई जनालाई समेत रोजारी दिन सफल भएको बताइन । मन्त्रालयले आगामी दिनमा पनि यस्तै खाले सहयोग र बजारीकरणको लागी पनि अरु निकायसंग समन्वय गरिदिन उनले आग्रह गरेकी छिन । उनले अल्लेको कपडा , अल्लोको ब्याग ,अल्लेको टोपी लगायका सामग्रीहरु उत्पादन गर्दै आएको बताइन।
कच्चा पर्दाको हाललाई अभाब नभए पनि भविष्यामा कच्चा पर्दाको अभाव हुन नदिन सामुदायिक वन र यसका सरोकारवालाहरुले पनि ध्यान दिनु पर्ने उनको भनाइ रहेको छ।
दाङ जिल्लामा सन्चालन भएको दुनाटपरी उद्योग पनि सफल उद्योगको रुपमा रहेको र यसले स्थानीय महिलाहरुलाई समेत रोजगारीमा जोडन सफल भएको अनुगमनमा सहभागी रहेका बातावरण बिज्ञ युवराज कंडेलले बताए।
सिस्ने गाउपालिकामा अल्लोको कपडा उद्योग ,भुमे गाउपालिकामा ओखरको तेल पेल्ने मेसिन र दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिकामा दुना टपरी उद्योग ,जडिबुटी औषधी जन्य फर्मको अनुगमन गरिएको थियो । र अब बाँके बर्दिया पाल्पा ,नवलपरासीमा पनि अनुगमन गर्ने र यसको प्रभावकारीताको अध्ययन गर्ने योजना समेत वन मन्त्रालयको रहेको बरिष्ठ वन अधिकृत सुशील सुबेदीले जानकारी दिए ।
प्रारम्भीक नतिजा अनुसार अधिकास उद्योगहरुबाट रोजगारी सृजना गर्न सफल भएको पाइएको छ । तर उनीहरुको क्षमता बिकास , थप प्रोत्साहनको लागी अनुदान र उनीहरुको भुगोल र त्यहाको अबस्थालाई हेरेर स्थानीयलाई रोजगारमुलक उद्योगमा जोडदै लैजान सकियो भने केही मात्रमा भएपनि युवाहरुलाई आफनै गाउठाउमा रोक्न सकिने अनुगमनमा सहभागी रहेका बिश्व वन्यजन्तु संरक्षण मन्च नेपालका अध्यक्ष हुमहरी भट्टराई बताए ।
अनुगमनमा डिभिजन वन कार्यालय रुकुम पुर्वका प्रतिनिधी वन तथा वातावरण मन्त्रालयका कर्मचारी मन्त्रालयका बिज्ञ युवारज कडेल ,पत्रकार हुमहरी भट्टराइको सहभागीता रहेको थियो ।