रुकुम (पुर्ब): भुमे नगरपालिका–१ स्थित चुङ्गुरीखर्कमा भदौ १४ गते सम्पन्न नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको बैठकले ६ बुँदे चुङ्गुरीखर्क घोषणा पत्र सार्वजनिक गरेको छ । संघका पदाधिकारी, सल्लाहकार, सदस्य तथा स्थानीय समुदाय, सरोकारवालासहितको उपस्थितिमा भएको बैठक तथा अन्तरकृयापछी घोषणा पत्र सार्वजनिक गरिएको हो ।घोषणापत्रले दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन, प्रविधि प्रयोग, लुम्बिनी प्रदेश वन परिषद गठन, वनक्षेत्रको जग्गा ब्यक्तिको नाममा दर्ता रोकथाम, पेशागत एकता तथा इमान्दारिता र पारिस्थितिक पर्यटन प्रवर्द्धन गरी वन प्रशासन र व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन आह्वान गरेको छ ।घोषणापत्रमा लुम्बिनी प्रदेश वन परिषद गठनको आवश्यक पहल गरिने बताइएको छ । लामो समयसम्म नेपाल वन प्राबिधिक संघ केन्द्रिय कार्यसमितिले वन परिषदको पहल गर्दै आएको छ। संघले परिषदको तदारुकता नदेखाएको भन्दै लुम्बिनी प्रदेशले प्रदेशस्तरमा वन परिषद गठन गर्नका लागी आवश्यक कानूनी र संस्थागत संरचना निर्माणको पहल गरिने लुम्बिनी प्रदेश अध्यक्ष केशब खड्काले बताए ।

प्रदेशभित्र वन प्राविधिकहरूको पेशागत क्षमता अभिवृद्धि, पेशागत नियमन सुनिश्चिता र समग्र वन क्षेत्रको दिगो व्यवस्थापनमा दीर्घकालीन योगदान पुग्ने वातावरणा सृजनाका लागि तत्काल वन परिषद स्थापना जरुरी रहेको उनले बताए । घोषणा पत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन ,वन व्यवस्थापनमा प्रविधिको प्रयोग,लुम्बिनी प्रदेश वन परिषद गठन ,निजी नाममा वन जग्गा दर्ता रोकथाम ,पेशागत एकता र इमान्दारिता र पारिस्थितिक पर्यटन प्रवर्द्धन बिषय समेटिएको छ।वन प्राविधिक संघ लुम्बिनीले घोषणापत्रमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र दीर्घकालीन बनाउन सरोकारवाला सबैलाई सहकार्यका लागि आह्वान गरेको छ । संघले यहि भदौ १४ गते ४५०० मिटरको चुङ्गुरीखर्क लेकमा बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको थियो।









