कोहलपुर : बाँके राष्ट्रिय निकुन्जको सुरक्षार्थ रहेको श्री रणबम गणले निकुन्जको मध्यवर्ती क्षेत्र भित्ररहेको राप्ती सोनारी गाउपालिका वडा न ९मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय महादेवामा संरक्षण सम्बन्धी सचेतना र स्टेशनरी तथा खेलकुद सामाग्री बितारण गरेको छ ।
श्री रणबम गणले मध्यवर्ती क्षेत्र भित्रका बिद्यालयका बिद्यार्थीहरुलाई वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने , आफ्ना बानीबानीलाई परिर्वतन गर्दै बिद्यालयबाट संरक्षणको भावना जगाउदै मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी थालिएको प्रयासबाट समुदायस्तरमा संरक्षण सम्बन्धी ज्ञान पुराउने उदेश्यले यस्तो प्रयास थालिएको श्री रणबम गणका प्रमुख सेनानी गणपति खिम बहादुर डाँगीले बताउनु भयो ।
संरक्षण सम्बन्धीको सचेतनामुलक कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जक बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले भावि पुस्तालाई संरक्षण प्रति उत्तरदायि बनाउदै संरक्षण र बिकासलाई सगसगै लैजानको लागी सचेतना फैलाउने ,वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने र यस क्षेत्रका अभिभावकहरुलाई संरक्षणको महत्व बुझाउने अभियानले सकरात्मक सन्देश प्रवाह हुने र मानव वन्यजन्तुवीचको द्धन्द्ध न्युनिकरणमा पनि सहयोग पुग्ने बिश्वास लिएको बताउनुभ यो ।
बिद्यालयमा गरिएको यो प्रयासले साना स्कुलले बालबालिकाहरुलाई खेलकुद सामाग्रीहरुले शारिरीकरुपमा स्वच्छ हुनुका साथै अनुसाशित हुनमा समेट टेवा पुग्ने देख्न्छि । रणबम गणले शूरुगरेको यो प्रयासबाट बालबालिकामा संरक्षणको भावना फैलिनुको साथै वन्यजन्तु भनेको प्राकृति सम्पदा मात्र नभएर वातावरणीय चक्रलाई समेत सन्तुलन राख्नको लागी ठुलो महत्व रहेको बिद्यार्थीहरुले बुझने हुदा यो कार्यक्रम ज्यादै प्रभावकारी रहेको नेपाल राष्ट्रिय आधारभुति बिद्यालयका प्रअ चेतराम थारुले बताउनु भयो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको भौगोलिक महत्व, जैविक विविधता, वन्यजन्तुको संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे जानकारी गराइएको थियो । विशेषगरी बालबालिकालाई सानै उमेरदेखि संरक्षणप्रति सचेत बनाउनु आवश्यक रहेको भन्दै उनीहरूलाई वन, वातावरण र वन्यजन्तुप्रति जिम्मेवार व्यवहार अपनाउन यो कार्यक्रमले प्रेरित गरेको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।
सचेतना कार्यक्रमपछि विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल लगायतका स्टेशनरी सामग्री तथा फुटबल, भलिबल, ब्याडमिन्टन जस्ता खेलकुद सामग्री वितरण गरिएको थियो। सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालय प्रशासनले यस्तो सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने र अतिरिक्त क्रियाकलापमा समेत सक्रियता बढ्ने बताएको छ। साथै बाघ र चितुवको जोखिमबाट जोगिनको लागी सबैको सक्रिय पहल र सचेतना आबश्यक रहेको बताइएको छ ।




