नेकपा एमालेका तर्फ बाट उम्मेदवार रहेका बाँके क्षेत्र नं।१ का उम्मेदवार सुर्य ढकालले अधुरा विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ दोहरिएको बताएका छन् ।
उनले बाँके क्षेत्र नं. १ अन्तरगत कोहलपुर नगरपालिकाका विभिन्न वडामा घरदैलोका क्रममा यस्तो वताएका हुन ।
बाँके १ मा हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण यी सबै मेरो प्राथमिकतामा रहनेछन्, उनले भने’।
एमाले उम्मेदवार ढकालका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन्। ‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने।
साथै उनले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन्।
ढकालले घरदैलोकै क्रममा बाँके १ को बफर क्षेत्रमा दिनानुदिन जंगलि जनावरको आतंक यथावत रहेकाले मान्छे मार्ने बाघ पालेर जनतालाई सास्ति दिईनु राम्रो नभएको वताउदै राज्यको निती परिवर्तन गर्दै जनतालाई सुरक्षित राख्नु आफनो मुल एजेण्डा भएको उल्लेख गरेका छ्न।














