नेपालगन्जको धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित सुर्खेतरोडमा रहेको उक्त मार्टको भवनमा शुक्रबार बेलुकी साढे ७ बजेतिर आगलागी सुरु भएको हो ।
उक्त भवनमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार आगो निभाउन बाँके र बर्दियाका गरेर ७ वटा दमकल प्रयोग गरिएको छ । आगो अझै पुर्ण रुपले आगो नियन्त्रणमा नआएको डिएसपी पातलीले बताए ।
आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयको २ वटासहित कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, नरैनापुर गाउँपालिका र नेपाल आयल निगमको दमकल प्रयोग गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।










