२५ चैत्र २०८२, बुधबार
इरान र अमेरिकाबीच दुई हप्ता युद्धविरामको सहमति

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८२, बुधबार ०६:०२

अमेरिका र इरानबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध दुई हप्ताको युद्धविरामको घोषणा गरेका छन् । इरानले तुरुन्तै होर्मुज जलमार्ग खोल्ने सर्तमा दुई हप्ताको लागि बम विष्फोट र आक्रमण स्थगित गर्न सहमत भएको उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख असीम मुनीरको अपीलपछि यो निर्णय गरिएको हो । हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौं। दुई देशहरूबीचका सबै विवादास्पद मुद्दाहरूमा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।ु इरानले पनि युद्धविरामको पुष्टि गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ।

Nabintech